सन्देश लम्साल नेपाली इन्टर्नेट सेलिब्रेटी, मोडेल, समाजसेवी, तेक्वोंदो खेलाडी, अन्तरराष्ट्रिय स्वयंसेवक, ब्लगर र चिकित्सक हुन्। [1] [2][3][4][5]
जीवनी[]
सन्देश लम्साल | |
---|---|
![]() | |
Sandesh Lamsal | |
Vine Information
| |
Full Name | सन्देश लम्साल |
Followers | 115 K |
Type of Vine | All rounder |
Personal Information
| |
Age | 27 |
Nationality | नेपाली |
Location | दाङ, नेपाल |
YouTube | Sandesh Lamsal Sandesh Lamsal |
Sandesh Lamsal @sandesh__1994 | |
Sandesh Lamsal @sandesh.1994 | |
Sandesh Lamsal @sandesh.1994 | |
सन्देश लम्साल ( Sandesh Lamsal )को एक ब्राह्मण परिवारमा वि.सं. २०५१ साल भाद्र १ गते(सन् १ ९९ ४ अगष्ट १७) नेपालको दाङ जिल्लामा जन्म भएको हो। उनको पिताको नाम गणेश लम्साल र माताको नाम सुशीला लम्साल हो। सन्देश सन् २०१५ मा रुसी सरकारबाट एमबीबीएसमा छात्रवृत्ती पाएर अध्ययनका लागि रुस पुगे। त्यहाँ उनले अध्ययन र खेलकुद का साथसाथै कुटनितिज्ञको रुपमा पनि काम गरेका थिए। सन् 2016 मा अलेक्ज्याण्डर भ. टेरेन्टेभ को नेतृत्वमा रूसको, सेन्ट पीटर्सबर्गमा नेपाललको मानार्थ वाणिज्य दूतको कार्यालय खोलिएको थियो। [6][7] अलेक्ज्याण्डर भ. टेरेन्टेभ को कार्यकालमा सन्देश लम्साललाई सेन्ट पीटर्सबर्ग र लेलिनग्राद क्षेत्रमा नेपालको प्रतिनिधी को रुपमा रूपमा नियुक्त गरिएको थियो। [8]सन्देशले त्यहाँ विद्यार्थीहरुको एउटा टोली गठन गरेर नेपाली संकृती र पर्यटन प्रवद्र्धनका लागि रसियामा धेरै कार्यक्रमको समेत आयोजना गरेका छन्. [9]उनी सोशल मिडिया र सामाजिक कार्यहरूमा पनि धेरै सक्रिय छन्। सन्देशले मनोरन्जन, स्वास्थ्य, खेलकुद र सामाजिक जागरुकताका क्षेत्रहरूमा उनले धेरै भिडियो निर्माण गरेका छन्। उनले धेरै भारतीय लोकप्रिय सोशल मिडिया प्रभावकर्ताहरू संग काम गरेका छन् र उनका धेरै भिडियो सामाग्रीहरु बलिउडका लोकप्रिय कलाकारहरुले समेत शेयर गरेका छन्। [10]उनले खेलकुदमा पनि धेरै रुचि राख्छन। सन्देश तेक्वोंदो मा २ दान ब्ल्याक बेल्ट स्तरका खेलाडी हुन्। [11]उनले नेपाल र रुस का धेरै प्रतियोगितामा भाग पनि लिएका छन्. रुसमा रहेका सन्देशले नेपाललको मानार्थ वाणिज्य दूतको कार्यालय का अन्तर्गत रहेर नेपालको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय मद्दत गरेका छन्। [12]सन्देश एक मात्र नेपाली हुन् जसले संयुक्त राष्ट्रसङ्घ का अनलाइन स्वयंमसेवक हुनुका साथै सन् 2017 फिफा कन्फेडेरेसन कप मा र सन् 2018 फिफा विश्वकपको समयमा मा रुस मा फुटबल खेल हेर्न आएका विभिन्न देशका दर्शकहरुको चिकित्सा सेवाको लागी चिकित्सा स्वयंसेवकको रुपमा समेत काम गरेका छन्। [13][14]उनी सन् 2015 भूकम्प पीडितहरूलाई सहयोग को पुर्याउन रुस को सेन्ट पिटर्सबर्ग मा आयोजित "नेपाल फेस्ट" कार्यक्रमको आयोजक र व्याख्याता पनि हुन्। [15]
अन्तर्वार्ता र लेखहरू[]
- अन्तर्वार्ता - सन्देश लम्साल : म फेरी यहाँ फर्केर आउन चाहन्छु। [16]
- लेख - पुरानो योग दर्शनका आधारभूत सिद्धान्तहरू। [17]
- अन्तर्वार्ता - नेपाली ताइक्वान्डो खेलाडी संदेश लम्सालसँगको एक अन्तर्वार्ता: "बन्द कोठामा बस्नुभन्दा खडा भएर खेलमा भाग लिनु भन्दा उत्तम हो" [18]
- अन्तर्वार्ता - केवल पुस्तकहरूको अध्ययनले हामीलाई पूर्ण चिकित्सक बनाउँदैन : सन्देश लम्साल [19]
बाहिरी लिङ्कहरू[]
- ↑ रुसमा दाङका सन्देशको लोभलाग्दो सफलता | OS Nepal
- ↑ Russia Based Nepali Model, Doctor and Influencer Sandesh Lamsal is Trending on Social Media nowadays | Daily Hunt
- ↑ रुसमा सक्रिय दाङका सन्देश, सामाजिक कार्यमा सफलता चुम्दै
- ↑ दाङका सन्देशले रुसमा गर्दैछन् कमाल | Himal E-news
- ↑ रुसमा सफलता चुम्दै दाङका सन्देश | Celebrity Nepal
- ↑ Terentev appointed Honorary Consul of Nepal to St Petersburg | TheHimalayanTimes
- ↑ The government of Nepal has appointed Alexander V Terentev as Honorary Consul of Nepal for Saint Petersburg, Russia
- ↑ नेपालको मानार्थ वाणिज्य दूतको कार्यालय, सेन्ट पीटर्सबर्ग रूसबाट प्रशंसा पत्र | प्रशंसा पत्र
- ↑ नेपाल र रसियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको 60औं वार्षिकोत्सवको अवसरमा एम्बेसेडर होटेलमा एउटा स्वागत समारोह | नेपाल र रसियाबीच कूटनीतिक सम्बन्धको स्थापनाको 60औं वार्षिकोत्सव
- ↑ चलचित्र डेटाबेस | IMDb मा सन्देश लम्साल
- ↑ २ दान ब्ल्याकबेल्टको प्रमाणपत्र | तेक्वोंदो
- ↑ नेपालले बढी पर्यटकहरूलाई आकर्षित गर्न रसियाका तीन शहरहरू - मस्को, सेन्ट पिटर्सबर्ग, येकातेरिनबर्ग र फिनल्याण्डको हेलसिंकीमा नेपालले बिक्री अभियानको आयोजना गर्यो | नेपाल पर्यटन बोर्ड
- ↑ फिफा कन्फेडेरेसन कप २०१७ को संगठन र सञ्चालनमा सक्रिय सहभागिताको लागि प्रशंसा पत्र | युवा नीति तथा सार्वजनिक संगठनका साथ अन्तर्क्रिया समिति, सेन्ट पीटर्सबर्ग प्रशासन
- ↑ फिफा विश्वकप २०१८ को संगठन र सञ्चालनमा सक्रिय सहभागिताको लागि प्रशंसा पत्र | फिफा विश्वकप २०१८ संगठन समितिका महा-निर्देशक
- ↑ परोपकारी महोत्सव "सम्मेलन बिन्दु : नेपाल-फेस्ट" | 2015 को भूकम्पले नष्ट गरेको नेपाली स्कूल निर्माण कार्यमा मद्दत हेतु
- ↑ सन्देश लम्साल: म फेरी यहाँ फर्केर आउन चाहन्छु। | अन्तर्वार्ता : रुसको कूटनीतिक राष्ट्रिय पत्रिका "Консул" #2 (43), (2016)
- ↑ पुरानो योग दर्शनका आधारभूत सिद्धान्तहरू। | Ecology of Thinking - रुसको दार्शनिक पत्रिका (May, 2017)
- ↑ नेपाली ताइक्वान्डो खेलाडी संदेश लम्सालसँगको एक अन्तर्वार्ता: "बन्द कोठामा बस्नुभन्दा खडा भएर खेलमा भाग लिनु भन्दा उत्तम हो" | Time Bulletin
- ↑ केवल पुस्तकहरूको अध्ययनले हामीलाई पूर्ण चिकित्सक बनाउँदैन : सन्देश लम्साल | अन्तर्वार्ता : Swasthya Khabar